सहकारी बैंक २२ औं वर्षमाः ३५ लाख व्यक्ति आबद्ध, ६९ अर्ब ५५ करोडको सम्पत्ति

सहकारी बैंक २२ औं वर्षमाः ३५ लाख व्यक्ति आबद्ध, ६९ अर्ब ५५ करोडको सम्पत्ति

केन्द्रबिन्दु
18
Shares

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार सुरुगरेको थियो । बैंकले कारोबार शुभारम्भ गरेको दिन साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउदै आएको छ ।

२०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको अनुमति पाएको बैंकले देशभरका सहकारी संघ संस्थाहरुसँग कारोबार गर्दै आइरहेको छ । २१ वर्षे यात्रामा सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाएको बैंकले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म ६९ अर्ब ५५ करोड कुल सम्पत्ति पुर्याउन सफल भएको छ । ७७ वटै जिल्लामा सदस्यता विस्तार गर्दै १६ हजार ३ सय २८ सहकारी संघ संस्थाहरुमार्फत करिब ३५ लाख व्यक्तिहरु आवद्ध भइसकेको र बाँकी सहकारी संस्थाहरुले पनि सदस्यता लिने क्रम जारी रहि रहेको बैंकले जनाएको छ । बैंकले देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघ संस्थाहरुलाई उत्कृष्ट वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले सदस्य सहकारी संघ/संस्थाहरुलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम तथा शिक्षा, डिजिटलाइजेसन, सहकारी अभियानको संरक्षण र सम्वद्र्धनका लागि पहलकदमी जस्ता विविध गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

सदस्यहरुबीच लोकप्रिय रहेको सदस्य शिक्षा कार्यक्रम अन्तर्गत इ–पुस्तकालय, समसामयिक विषयमा हरेक हप्ता परामर्श सेवा र सहयोग, जानकारीमुलक कार्यक्रम तथा सदस्य सम्मान कार्यक्रमको आयोजनाका कारणले पनि सदस्यहरुमा हौसला तथा उत्प्रेरणा जगाउने कार्यमा मद्दत पुग्नुको साथै बैंक प्रतिको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो कार्य सञ्चालन गर्ने दौरानमा नियामकीय प्रावधानहरुको प्रारुपलाई पालना गर्दै वित्तीय जवाफदेहीता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्तरर्निहित जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आएकोले पनि बैंकले सदस्यमैत्री सेवा प्रदान गर्न सक्षम उल्लेख गरेको छ ।

बैंकले ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी बैंक अघि बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए । बैंकले २२ औं स्थापना दिवसको अवसरमा सातवटै प्रदेशमा एकै दिनमा ‘सहकारीको बर्तमान अवस्था र भावी कार्यदिशा बिषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो ।

कार्यक्रममा गत पुसमा सम्पन्न बैंकको २० औं वार्षिक साधारण सभामा घोषणा भएको व्यक्ति तथा संघ÷संस्थाहरुको विभिन्न विधाको पुरस्कार वितरण गरेको बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo