अफगानिस्तानमा भिडन्त, ६६ जनाको ज्यान गयो

अफगानिस्तानमा भिडन्त, ६६ जनाको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको बदघीस प्रान्तमा भएको भिडन्तमा परि ६६ जनाको ज्यान गएको छ । इस्लामिक लडाकु समूह तालिबान र अफगान फौजबीच भिडन्त भएको हो ।

भिडन्तमा मारिनेमा ३६ सरकारी सुरक्षाकर्मी रहेको तालिवानको दाबी छ । अफगान सेनाले भने आक्रमणमा ३० तालिबान लडाकु पनि मारिएको जनाएको छ । भिडन्तमा अरु दर्जनौँ घाइते भएका छन् ।

पछिल्ला दुई महिनायता बदघीस प्रान्त र बाला मुरघब जिल्लामा तालिवान र सुरक्षा फौजबीच भिडन्त हुदै आएका छन्। तालिवान र अमेरिकाबीच शान्ति वार्ताको क्रम जारी रहेका बेला तालिवानले वार्ताका क्रममा आफ्नो पक्ष बलियो बनाउनका लागि सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण भएको हुनसक्ने अनुमान छ। एजेन्सी

Logo