बारा
फेटा गाउँपालिका वडा नम्बर ६, पुरैनियाकी ३० बर्षिय रेक्मा खातुन मनभरी पिडा र संत्राससहित १७ दिनको शिशु काखमा च्यापेर ५ दिनदेखि त्रिपालमुनि बस्दै आएकी छिन् ।
हुरिबतासले उनको एउटा छोराको ज्यान लियो । बास बस्ने घर भत्केको छ । पति फिरोज र ससुरा दुबै घाइते अवस्थामा छन् । कलिलो सुत्केरी रेक्मालाई आइतबारको हुरीबतासले खपिन सक्नुको पिडा दिएर गएको छ । ‘तैपनि बाच्नै पर्यो, उनले भनिन्, असहय पिडा र व्यथा खपेर दिनरात कटाउदै छु ।’ रेक्माको ६ बर्षिय छोरा फैयाज आलमको मंगलबार उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । पति र ससुराको विरगंजमा उपचारत छन् ।
पुरैनियाकी रेक्मा जस्तै हुरी प्रभावित क्षेत्रका सुत्केरी महिला, शिशु, बालबालिका र वृद्धको दैनिकी बढी कष्टप्रद बनेको छ । हुरीबतासले घरसँगै परिवार पनि उजाडिएपछि उनीहरु पिडित बनेका हुन् । ‘घरमुलि गुमेका वा घाइते रहेका सुत्केरी महिलाहरुको पिडा त झन दर्दनाक छ, फेटा गाउँपालिका १ का अध्यक्ष जयप्रकास दासले भने, हुरीबतासले गाउँमा धेरैको बाससँगै भरोसा पनि उडाएको छ । प्रभावित क्षेत्रमा ४ दिनदेखि ७ महिनासम्मका डेढ दर्जन भन्दा बढी सुत्केरी महिला छन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया