गुरुदेव कामतको निधनको शोकमा मधेस सरकारले झुकायाे आधा झण्डा

गुरुदेव कामतको निधनको शोकमा मधेस सरकारले झुकायाे आधा झण्डा

केन्द्रबिन्दु
9
Shares

मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतकार गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

सिरहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । मृगौला फेल भएकाले फेर्न चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि काठमाडौंबाट घर फर्किएका उनकाे निधन भएको हाे ।

कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार मधेस सरकारले आधा झण्डा झुकाएको हाे ।

Skip This
Skip This
Logo