काठमाडौं
छुट अस्थायी करार शिक्षकहरुको हिजो देखि सुरु भएको चौबीस घण्टे रिले अनशनमा प्रहरीले व्यापक दमन गरेको छ ।
प्रहरीले विहिबार बिहान दस बजे पक्राउ गरेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष सहित एक दर्जन शिक्षकलाई छोडेको पन्ध्र मिनेटमै काठमाडौको शान्ति बाटिकाबाट साँझ पुन: पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुली, प्रदेश नम्बर ३ का संयोजक बहादुर वाईबा लामा सहित तेह्र शिक्षक रहेका छन् । प्रहरीको यस प्रकारको दमनलाई संकटकालको छनक शैली महसुस गरेको भन्दै संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले तत्काल बिना शर्त शिक्षकहरुलाई रिहा गर्न माग गर्नुभयो । साँझ पुनः पक्राउ गरेको बिरोधमा सयौं शिक्षकहरुले नाराबाजी गर्दै यथासिघ्र रिहा गर्न माग गरेका छन् ।
०७५ साल असारमा लिईएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा ०७२ असोज २ गते पछिको अस्थायी शिक्षकलाई सरकारले विभेदपुर्ण तरिकाले छुट्याइ सौतेनी व्यवहार गरेको आरोप उनीहरुले लगाउँदै आएका थिए ।































प्रतिक्रिया