राजविराज
माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्ने गरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहाबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गर्दै एसईई परीक्षाको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिर ल्याउने कार्य इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहामा कार्यरत दुई जना प्रहरी नै पहिलो दोषी रहेको जनाएको छ । उनीहरु यसवर्षको एसइइ परिक्षाका परिक्षार्थी समेत भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा राखिएको प्रश्नपत्र सोही कार्यालयमा कार्यरत प्रहरीहरू राजविराज १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत यादव र कञ्चनरुप ६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डलले परीक्षा अगावै लिक गरेको सीआईबीको अनुसन्धानमा खुलेको हो । घटनामा संलग्न यी दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले दोषी प्रहरी भएकाले उनलाई अन्य व्यक्तिलाई हुने सजाय बाहेक प्रहरी ऐन बमोजिम समेत कारबाही हुने बताए ।
प्रश्नपत्रको समूह र प्रश्न नम्बरसहित हुबहु उत्तर भएको चिटसहित पक्राउ परेका सप्तरी र सिरहाका परीक्षार्थीहरूलाई सोधपुछ गर्दै जाँदा प्रश्नपत्र लिक गर्ने र आदानप्रदान गर्ने अन्तिम व्यक्तिसम्म पुगेको सीआईबीले जनाएको छ।
अन्नपूर्णबाट































प्रतिक्रिया