प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ । यस्तै घिमिरेले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छिन् । यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउफुकाउ आदेश पेश गर्ने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo