देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
यी हुन् एसईई प्रश्नपत्र ‘लिक’ गर्नेहरु, प्रहरीदेखि शिक्षकसम्म
प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र लिक गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चैत्र १४ र १५ गते विज्ञान र सामाजिक विषयमा प्रश्नपत्र लिक गरिएको थियो । जसका कारण प्रदेश २ को एसईई परीक्षा नै स्थगित गरिएको छ । प्रश्नपत्र लिक प्रकरणमा मुछिएका ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरीसहित ६ जना सार्वजनिक गरिएको हो ।
९ हजार अस्थायी शिक्षक फेल (विस्तृतमा)
शिक्षक सेवा आयोगले सबै तह अन्तर्गत अस्थायी शिक्षकको अन्तिम नतिजा प्रकाशित गरेको छ । गत असार २८ र २९ गते लिईएको प्रावि, निमावी र मावी गरी तिनै तहको अन्तिम नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ । कूल २२ हजार ७६ पदका लागि अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । आयोगले तिनै तहमा गरी १४ हजार २ सय ७१ अस्थायी शिक्षक पास भएर स्थायीको लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।
आफ्नै बिद्यार्थीको सिकार बने सहायक डिन, कालोमोसो र जुत्ताको माला
रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका बिद्यार्थीहरुले आफ्नै शिक्षकमाथि कालोमोसो र जुत्ताको माला लगाईदिएका छन् । कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई आफ्नै बिद्यार्थीहरुले दुर्ब्यबहार गरेका हुन् । उनीमाथि ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा सकाएको आरोप छ । बिद्यार्थीहरुले ८ लेक्चरमा नै कोर्स सकाएको र तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर पठाएको आरोप लगाएका छन् ।
आईजीपी खनालको पहिलो घोषणा, ‘अब काठमाडौं प्रदुषणमुक्त बनाउँछौं’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने घोषणा गरेका छन् । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न ट्राफिक प्रहरीहरुलाई पुनः सचेत गराए । उनले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए । बिहीबार काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि अपिल गरे ।
भारतीय मिडियाको दाबी, ‘नेपाली सेनामा पाकिस्तानी संदिग्ध घुसपैठ’
भारतीय मिडियाहरुले नेपाली सेनामा पाकिस्तानी गुप्तचर एजेन्सी ‘आईएसआई’ को घुसपैठ गरिएको आरोप लगाएका छन् । गोप्य सुत्रको हवाला दिँदै भारतको चर्चित मिडिया ‘आजतक‘ ले पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको हो ।
लालबाबुलाई सीके राउतको प्रश्न, ‘भोजमा ४ करोड सक्ने, जनतालाई भात खुवाउन नसक्ने’
केही समयअघि सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश दुईका मुख्यमन्त्रीको कडा आलोचना गरेका छन् । बारा पर्सामा आएको हावाहुरीका कारण २९ जनाको ज्यान गएको तथा हजारौँ मानिस घरबार बिहीन भएकोमा प्रभावितका लागि प्रभावकारी काम नगरेको भन्दै राउतले मुख्यमन्त्री लालबाबु राउतको कडा आलोचना गरेका हुन् । प्रदेश दुईका मुख्यमन्त्री राउतले केन्द्र सरकारका कारण हावाहुरी प्रभावितका लागि राहत तथा सहयोगका काम गर्न अवरोध भएको आरोप लगाएको सम्बन्धमा सीके राउतले कडा आपत्ति जनाएका हुन् ।
ननसेन्स मिडिया ! सस्तो लोकप्रियताका लागि अती सस्ता सामग्री
बुधबार गायिका अञ्जु पन्त एकाएक चर्चामा आईन् । अञ्जुलाई गाली गर्नेको जमात नै यति ठूलो भयो कि पुरै सामाजिक सञ्जालदेखि मिडियासम्म उनको पछि लागे । सञ्चारकर्मी सुवास चौलागाईले आफ्नो फेसबुक वालमा अञ्जु पन्तलाई जोडेर एउटा स्टाटस लेखे । उनले अञ्जु पन्तको एउटा फोटो सेयर गर्दै बारा पर्सा हावाहुरी पीडितलाई बाड्न लागिएको राहतलाई धर्मको प्रचार गरिएको भन्न भ्याए । त्यसैगरी अर्का सञ्चारकर्मी विश्वमणी सुवेदीले समेत चौलागाईंकै भाषामा अञ्जु पन्तमाथि ब्यङग्य गरेर पोष्ट गरे । उनीजस्तै धेरैले अञ्जु पन्तको उक्त तस्बिरलाई भाईरल नै बनाए ।
सुनको भाउ घटेको घट्यै
एनआईसी एशियाको चमत्कारिक योजना
चाबहिल–साँखु सडकखण्ड : धुलो र हिलोले यात्रुलाई सास्ती
महाधिवेशन बोलाउँदिन, जिल्ला सभापतिसँग फेस गर्न तयारः देउवा
भोलि सार्वजनिक विदा
आईपीएलमा आज सन्दीप र रसिद खानको भिडन्त
घर भत्काउने क्रममा पर्खालले थिचेर दुई बालिकाको मृत्यु
म पार्टीभित्रै बेरोजगार भएँ- बामदेव गाैतम
अमेरिकामा एकै कम्पनीका २८० भन्दा बढी कर्मचारी गिरफ्तार
ओरियन्टल पिडितहरुद्वारा सडक संघर्षको चेतावनी
प्रधानमन्त्रीसँग किन गरे सातै मुख्यमन्त्रीले सामुहिक भेट ? (भिडियोमा)
१२१ जनाले नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकाले (सूचीसहित)
विदेशिनुको पीडा जालमा फसायौ सार्वजनिक ( भिडियो सहित )
हावाहुरी प्रभावितलाई जलविद्युत विकास कम्पनीले ४ लाख रुपैयाँ दियो
फिफाको नयाँ वरियता: इंग्ल्याण्डले ऐतिहासिक रेकर्ड राख्दा नेपाल कुन स्थानमा ?
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया