अमेरिकी सरकारले एकै कम्पनीमा कार्यारत २८० जनाभन्दा बढी कर्मचारीलाई पक्राउ गरेको छ।
अमेरिकी आप्रवासन अधिकारीहरुले टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत कर्मचारीहरुलाई गिरफ्तार गरेका हुन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो ।
ति कर्मचारीहरु डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत थिए । सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको हो ।































प्रतिक्रिया