काठमाडौं
आगामी असारदेखि नेपालमा पाइप लाइनबाटै डिजेल आयात हुने भएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अन्तिम चरणमा पुगेसँगै जुन महिनादेखि पाइप लाइनमार्फत डिजेल आयात हुन लागेको हो । पटना–मोतिहारी–बतितापुर पाइपलाइन परियोजनाका कन्ट्रक्सनतर्फका महाप्रबन्धक एनके पाण्डाले सबै प्रक्रिया पूरा गरेर आगामी जुनदेखि नेपाललाई पाइपनाइल मार्फत डिजेल भारतबाट निर्यात गरिने जानकारी दिए ।
३० वर्ष अघिदेखि चर्चा भएको तथा १५ वर्षअघि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सहमति भए पनि काम अघि बढेको थिएन । २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि नेपालले पेट्रोलियम पदार्थको आयात चीनबाट समेत गर्न थालेपछि भारतले समेत यसलाई उच्च प्राथमिकतामा राखिएको थियो । ०७२ सालमा पाइपलाइन निर्माण गर्ने द्विपक्षीय सम्झौता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दिल्लीबाट ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेसँगै आयोजना निर्माणले तीव्रता पाएको पायो ।
परियोजनाका अनुसार ७० किलोमिटर पाइपलाइन मध्ये भारततर्फको निर्माण पूरा भइसकेको छ भने नेपालतर्फको ३६.२ किलोमिटरमध्ये ७.५ किलोमिटर मात्र निर्माण हुन बाँकी छ । वन क्षेत्रको रुख कटानको स्वीकृति लिन मात्र परियोजनालाई ६ महिना लागेको थियो । यही कारण गत मार्च महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन निर्माणमा ढिलाइ भएको छ । नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेकोमा गत माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले रुख काट्नका स्वीकृति दिएपनि बल्ल चैत्रको पहिलो सातादेखि निकुञ्जभित्र पाइपलाइन विस्तार सुरु गरिएको थियो ।
कारोबारबाट































प्रतिक्रिया