उपत्यकाका खोलाले जल सतर्कता तह पार गरे

उपत्यकाका खोलाले जल सतर्कता तह पार गरे

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाका खोलाले जलमापन केन्द्रमा सतर्कता तह पार गरेका छन् । ललितपुरको कोड्कु खोलाले झरुवारासी जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको विष्णुमती नदीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ ।

कोड्कु र विष्णुमतीको जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo