१७० यात्रु ८ घण्टासम्म वाइडबडी भित्रै !

१७० यात्रु ८ घण्टासम्म वाइडबडी भित्रै !

केन्द्रबिन्दु
0
Shares

२ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नु पर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहान मात्रै उड्यो । जहाज बेलैमा नउडाएको आक्रोशमा १ सय ५० बढी यात्रु ८ घण्टासम्म पार्किङ वेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीहरुलाई हम्मे हम्मे परेको थियो ।

विमानस्थल प्रहरीका अनुसार, यात्रुहरूले निगमविरुद्ध नाराबाजी गरेका थिए। केहिले जहाजमा राखेको मिल (खाना) आफैं निकालेर खाए । केहीले बियरका बोतल खोलेर बसेको पनि देखियो, विमानस्थलका एक वरिष्ठ प्रहरीले भने ।

मंगलबार राति साढे ८ बजेदेखि बोर्डिङ गराइएका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा अफ बोर्ड गराइएको थियो । ११ घण्टापछि बिहान पौने नौ बजे मात्रै उक्त विमान दुबईका लागि काठमाडौंबाट उडेको थियो । उक्त घटना देखेका अर्का एक प्रहरीले ुती यात्रुलाई बल प्रयोग नगरी सम्झाई बुझाई गरेर निकालेको बताए। उक्त उडानमा अधिकांश नेपाली कामदार थिए ।

विमान दुबईका लागि उड्न नसक्ने भएपछि निगमका एयरपोर्ट म्यानेजर कोमल राणा लगायतका कर्मचारी जहाजभित्रै पसेर यात्रुलाई सम्झाउन पुगेका थिए। तर सबै यात्रुहरुले उनको आग्रह स्वीकारेनन्। यात्रुहरुले जसरी पनि विमान उडाउनु पर्ने नभएमा क्षतिपूर्ति दिनुपर्ने भन्दै हुटिङ र होहल्ला गरे, उक्त घटनाका एक अर्का प्रत्यक्षदर्शीले भने।
कान्तिपुरबाट

Skip This
Skip This
Logo