कांग्रेस जिल्ला सभापतिको गोप्य भेला : नरम देखियो देउवाविरोधी समूह

कांग्रेस जिल्ला सभापतिको गोप्य भेला : नरम देखियो देउवाविरोधी समूह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरू केही नरम देखिएका छन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार दुई दिनको बैठकका लागि भेला भएका जिल्ला सभापतिहरूले बैठकलाई विषयान्तर नै गर्न खोजेका हुन् । यसअघि सभापति देउवाको खरो आलोचना गर्ने असन्तुष्ट खेमाका जिल्ला सभापतिहरू पछिल्लो समय सभापति देउवाविरुद्ध बोल्नै छाडेका छन् ।

पार्टीको अनुशासन समिति गठन भएपछि कारवाहीमा पर्ने डरले सभापतिविरुद्ध बोल्नै छाडेका हुन् । सभापति देउवालाई गलाउने रणनीतिका साथ बसिएको बैठकमा जथाभावी नबोल्ने निर्णय नै भएको एक जिल्ला सभापतिले बताए । ‘पार्टीमा अनुशासन समिति बनेको छ । यसबाट बच्नु पनि पर्छ’, उनले भने, ‘हामीले बैठकको बारेमा व्यक्ति तोकेर के बोल्ने भनेर निर्णय गरेपछि मात्रै प्रतिक्रिया दिन पाउने निर्णय गरेका छौं ।’

महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा एकपटक भन्दा बढी अवसर दिन नहुने माग गरेका थिए । उनीहरूको मागलाई केन्द्रीय समितिबाट सम्बोधन गर्ने महासमिति बैठक समापन गर्दै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घोष गरेका थिए ।
नागरिकबाट

Skip This
Skip This
Logo