पस्केको खाना खानकै लागि पनि अरुको हात चाहिन्छ । शौचालय जानकै लागि पनि अरुको साथ चाहिन्छ । बस्न र उभिन त ऊ सक्दै सक्दैन, एक ठाउँबाट अर्काे ठाउँमा सर्नका लागि पनि सहायता चाहिन्छ । त्यो पनि जीवनभर ।
सोचौं त, उनले कतिधेरै पीडा भोगेर बसेको होला ? स्वयं उनले त पीडा भोग्ने नै भए । भनिन्छ नि, परिवारको एक सदस्य बिरामी भयो भने सबै परिवारले नै बिरामी भएको महशुस गर्छ । पहिलो सन्तानकारुपमा जन्मिएको छोराको यो अवस्था देखेर परिवारलाई कति पीडा हुँदो हो ?
हो, आज हामी तिनै व्यक्तिका बारेमा कुरा गर्दैछौ जसले जन्मेदेखि नै यस्तै कठोर पीडाको सामना गर्दै आएका छन् । उनको अवस्था देख्ने जो कोहीको पनि आँखा रसाउँछ, मन सम्हालन गाह्रो पर्छ । जतिसुकै कठोर हृदय पनि पग्लेर माया पलाउँछ । उनी हुन् मकवानपुरको थाहा नगरपालिका १ खानीगाउँ निवासी २० बर्षिय अमिर बम्जन ।
आज हामीले उनै बम्जनको मार्मिक जीवन कथा समेटेर भिडियो रिपोर्ट तयार पारेका छौ। जसले धेरैलाई जीवन जिउन प्रेरणा मिल्ने छ। प्रस्तुत छ, अमिरको अनौठो प्रतिभासहितको भिडियो रिपोर्ट:-































प्रतिक्रिया