केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

अञ्जु पन्तको पोष्टदेखि समाजवादको यात्रासम्म

अञ्जु पन्तको पोष्टदेखि समाजवादको यात्रासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

विनासकारी हावाहुरीः आफन्त गुमाएको वियोगदेखि राहतको आशसम्म

विनासकारी हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको पुरैनिया र भरवलियाका स्थानीयले तत्काल उचित बासस्थानको व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । आईतबार साँझ आएको हुरीका कारण क्षणभर मै अस्तव्यस्त बनेको पुरनिया र भरवलियाका स्थानीयले मंगलबारसम्म पनि अस्थायी बासस्थान पाएका छैनन् ।

अधिनायकवाद होइन समाजवाद आइरहेको छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिनायकवाद आएको नभई समाजवाद आइरहेको बताएका छन् । राजधानीस्थित एक होटेलमा आयोजित राष्ट्रिय विकास परिषदको बैठकमा १५ औं योजनाबारे छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अधिनायकवाद आएको छ भन्ने टिप्पणीको कुनै औचित्य नभएको बताएका हुन् । ‘देश अधिनायकवादतिर गयो भन्ने कुराको कुनै औचित्य छैन, अहिले देश समाजवादतर्फ बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश तीव्र गतिका साथ अगाडि बढिरहेको छ ।’

नेकपाको प्रवास कमिटीको एकता टुंगियो, कसलाई कुन देश ?

सत्तारुढ दल नेकपाको प्रवास कमिटी एकता टुंगिएको छ । पार्टी एकताका दस महिनापछि नेकपाले प्रवासमा बनाएका भ्रातृ सङ्गठनको एकताको प्रस्ताव तयार पारेको छ । सचिवालय वा स्थायी कमिटीले अनुमोदन गरेपछि एकता प्रक्रिया टुङ्गिनेछ । ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको नेकपाले जनाएको छ । तत्कालीन एमाले र माओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायतका ३६ देशमा प्रवासी सङ्गठन बनाएका थिए ।

आज पनि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज (बुधबार) पनि देशको पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको हो । महाशाखाले बिहीबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलि रहने जनाएको छ।

के अञ्जु पन्त धर्म प्रचार गर्न बारा पुगेकी हुन् ? यस्तो छ यर्थाथ

गायिका अञ्जु पन्त एकाएक विवादमा तानिएकी छन् । हावाहुरी प्रभावित क्षेत्र बारा पर्सामा राहतको नाममा धर्मको प्रचार गर्न लागिन भन्दै मंगलबार एकाएक उनलाई विवादमा तानिएको हो । सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरिदैं त्यसलाई धर्मको प्रचार गर्न हिडेको आरोप लागेको छ । गाडीको डिकीमा केही राहत सामाग्री र किताबहरु राखेर उभिएकी अञ्जुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । पीडामा पनि धर्म प्रचार गरेको भन्दै धेरैले गायिका अञ्जुलाई गालीगलौज गरेका छन् ।

प्रथम बनाइ दिने भन्दै यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

शिशु जन्माएसँगै अविवाहित आमाले गरिन् आत्महत्या

विप्लवका गाउँपालिका इञ्चार्जले गरे आत्मसमर्पण

बारा पुगेर के भने प्रचण्ड र डा. केसीले ?(भिडियोमा)

अहिलेसम्म कति पक्राउ परे विप्लवका नेता कार्यकर्ता ?

बच्चा जन्मिनुभन्दा १ घण्टाअघि बिहे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्

समलिंगी यौनसम्बन्ध राखे ढुंगाले हानेर मृत्युदण्ड दिईने

सामान्य विवाद हुँदा कोदालोले हानेर श्रीमतीको हत्या

देउवा भन्छन्, ‘म ओलीको विरोध गर्छु, मेरा साथीहरु मेरै विरोध गर्छन्’

गाउँपालिकाका अध्यक्षमाथि ५६ जनाको सामुहिक आक्रमण

वंशजको आधारमा नागरिकता दिन देशभर पत्राचार

सागरले सार्वजनिक गरे जीवनको गोरेटोमा ( भिडियो सहित )

फेसबुक र ट्विटरलाई चुनौती दिन खोलेको गुगल प्लस बन्द

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo