आज (बुधबार) पनि देशको पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको हो । महाशाखाले बिहीबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलि रहने जनाएको छ।
यसैबीच बारा र पर्सामा ठूलो धनजनको क्षती हुने गरी तीन दिनअघि आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली आज प्रभावित क्षेत्रमा गएको छ । टोलीले प्रभावित क्षेत्रमा गएर घटनाको सामान्य अध्ययन गर्ने छ।































प्रतिक्रिया