वंशजको आधारमा नागरिकता दिन देशभर पत्राचार

वंशजको आधारमा नागरिकता दिन देशभर पत्राचार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै कार्यविधि अपनाएर वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरिय निर्णयवाट मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो परिपत्र गरेको हो ।

गृहले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो वावु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरि नागरिकता पाउनका लागि निवेदन दिएमा विद्यमान कार्यविधि अपनाएर सोही अनुसार नागरिकता दिन निर्देशन गरिएको हो । गृहले यस सम्वन्धमा आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालय र सातै प्रदेश सरकारलाई समेत आग्रह सहितको पत्र पठाएको छ ।

Skip This
Skip This
Logo