काठमाडौं
बारा र पर्सामा धनजनको क्षती हुने गरी आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली प्रभावित क्षेत्रमा जाँदैछ ।
जल तथा मौसम विज्ञान विभागबाट मौसमविद्सहित तीन जनाको टोली बुधबार अध्ययनको लागि प्रभावित क्षेत्रमा जान लागेको हो । टोलीले त्यहाँ अध्ययन सकेर केही दिनमा फर्कने छ ।
यस्तै बुधबार ( आज ) दिउँसोपछि देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र स्थानीय वायुको असर भएकाले देशका धेरै ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । भोलि र पर्सि मौसम बदली अझ धेरै हुने उहाँको अनुमान छ ।































प्रतिक्रिया