हावाहुरी पीडितप्रति भारतको समवेदना, सहयोग गर्न तयार

हावाहुरी पीडितप्रति भारतको समवेदना, सहयोग गर्न तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षतिमा दुख व्यक्त गर्दै भारत सरकारले पीडितप्रति समवेदना प्रकट गरेको छ ।

मंगलबार विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनामा भएको क्षतिमा गहिरो दुख व्यक्त गरेको हो । आफन्त गुमाउने तथा घाइतेहरुलाई सम्बोधन गर्दै विदेश मन्त्रालयले समवेदना साथै धैर्यधारणा गर्ने क्षमताको लागि प्रार्थना गरेको उल्लेख छ ।

उक्त घटनाका पीडितलाई राहतको खाँचो परेको खण्डमा भारत सरकार सहयोगका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ । यसका लागि काठमाडौंस्थित राजदूतावास र वीरगन्जस्थित महावाणिज्य दूतावास सम्बन्धित अधिकारीहरुसँग सम्पर्कमा रहेको बताइएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo