मैले मन्त्री पदलाई ठूलो र दूर्लभ पद ठानेको छैनः पर्यटनमन्त्री पाण्डे

मैले मन्त्री पदलाई ठूलो र दूर्लभ पद ठानेको छैनः पर्यटनमन्त्री पाण्डे

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दूर्लभ पद नठानेको उद्घोष गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तराष्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने,’मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन।म आफ्नो ईमान र मेहनतको भरमा काम गरिरहेको छु।’

उनले अहिले मन्त्रालय मातहतका वेथिती र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए । उनलाई आफूलाई विकृतिको डंगुरमाथि उभिएको अनूभुती समेत भईरहेको बताएका छन् । उनले आफू संसदमा तेस्रो पटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्न समेत अपिल गरेका छन् ।

साथै हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको समेत स्मरण गराएका छन् ।

Skip This
Skip This
Logo