पीडितको बिचल्ली, कोषमा भने २ अर्ब मौज्दात

पीडितको बिचल्ली, कोषमा भने २ अर्ब मौज्दात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँ भन्दा बढी रकम मौज्दात छ । तर सरकारले बारा र पर्सामा हावाहुरीबाट परिवार गुमाएका र बिचल्लीमा परेकाका लागि सोमबार सो रकम पठाउन सकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयबाट माग नभएकाले सो रकम नपठाएको जनाएको छ ।

‘कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम छ । गृह मन्त्रालयले माग गर्ना साथ रकम पठाउँछौं,’ प्रधानमन्त्री कार्यालयका लेखा शाखाका एक अधिकृतले भने । प्रधानमन्त्री राहत कोषमा रहेको सो रकम प्रधानमन्त्री कार्यालयले आफैं खर्च गर्न पाउँदैन । गृह मन्त्रालय मार्फत सो रकम दैवी प्रकोप क्षेत्रमा पठाउनु पर्ने कानुनी प्रावधान छ ।

गृह मन्त्रालयले भने बारा र पर्सामा आएको विनाशकारी आँधी बेहरी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गरिने जनाएको छ । आर्थिक रूपमा राहत नदिइए पनि प्रभावित क्षेत्रमा ४ सय ६८ त्रिपाल पठाइएको छ ।

गृह मन्त्रालय मातहतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार केन्द्रबाट त्रिपालसँगै ४ हजार १ सय ३८ थान लत्ताकपडासमेत पठाइएको छ । त्यस्तै आवश्यक खाद्यान्न व्यवस्था भने स्थानीय प्रशासन तथा प्रदेश सरकारले गरिरहेको छ ।

मन्त्रालयका अनुसार पीडितलाई मन्त्रालय मातहतको गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा अन्तर्गत रहेर राहत वितरण गरिनेछ ।
राजधानीबाट

Skip This
Skip This
Logo