नेपाल प्रहरी श्रीमती संघले पठायो ५ हजार थान त्रिपाल

नेपाल प्रहरी श्रीमती संघले पठायो ५ हजार थान त्रिपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले हावाहुरी प्रभावित क्षेत्रमा ५ हजार थान त्रिपाल पठाएको छ । तत्काल राहतको निम्ति नेपाल प्रहरी श्रीमती संघले राहत स्वरुप बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा ५ हजार थान त्रिपालसँगै अन्य राहत सामग्री समेत पठाएको हो ।

हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी प्रदेश २ का प्रमुख प्रहरी नायब महानिरीक्षक हरि बहादुर पालसहित साढे ३ सय भन्दा बढी प्रहरी खटिएका छन् । नेपाल प्रहरी अस्पतल महाराजगञ्जबाट प्रहरी नायब उपरिक्षक डा. सुरेन्द्र साह र अमिन कुमार श्रेष्ठको कमाण्डमा १९ जना चिकित्सकको टोली पनि हावाहुरी प्रभावित क्षेत्रमा खटिएको नेपाल प्रहरीले जनाएको छ ।

केन्द्र सरकारले पठायो ४६८ वटा त्रिपाल
संघीय सरकारले हावाहुरी प्रभावित क्षेत्रमा ४६८ वटा त्रिपाल पठाएको छ । सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले जनाएको छ ।

५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले जानकारी दिए । बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाएको हो ।

४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको खनालको भनाई छ । खाद्यान्नको व्यवस्थापन सरकारले ब्यहोर्ने गरी हाललाई स्थानीय तहले नै व्यवस्थापन गर्न केन्द्र सरकारले निर्देशन दिएको छ । सोही अनुसार स्थानीय स्तरले व्यवस्थापन गरिरहेको उनको भनाई छ ।

संघीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न सामाग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ ।

Skip This
Skip This
Logo