केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

हावाहुरीको वितण्डादेखि सन्दीपमाथि आरोपसम्म

हावाहुरीको वितण्डादेखि सन्दीपमाथि आरोपसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

हावाहुरीपीडितलाई कांग्रेस सांसदहरुले दुई दिनको तलब दिने

नेपाली कांग्रेसका संघीय सांसदहरुले हावाहुरी पिडितलाई दुई दिनको तलब दिने भएको छ । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि कांग्रेसका सांसदहरुले दुई दिनको तलब दिने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीद्वारा हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्। झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका हुन् । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आएका हुन्। प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन् ।

हावाहुरी प्रभावितलाई नेकपाका सांसदहरुले एक दिनको तलब दिने

बारा र पर्साका हावाहुरी प्रभावितको सहयोगका लागि नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा, भत्किएका घर सरकारले बनाउने

प्रधानमन्त्री केपी शर्मा ओली हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । गृह जिल्ला झापामा रहेका प्रधानमन्त्री ओली आजको सबै निर्धारित कार्यक्रम रद्द गरेर हुरी प्रभावित क्षेत्रमा पुगेका हुन् । नेपाली सेनाको स्काई ट्रकमार्फत प्रधानमन्त्री ओली झापाबाट सिमरा विमानस्थलमा ओलिएका थिए । सिमरा विमानस्थलबाट फेरि सेनाको एम आई १७ हेलिकप्टरबाट प्रभावित क्षेत्र पुगेका हुन् ।

आइपीएलमा सन्दीपमाथि म्याच फिक्सिङको हावादारी आरोप, यस्तो छ सत्य

इण्डियन प्रिमियर लिग (आइपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलबाट खेलिरहेका छन् । उनले आफ्नो पहिलो खेलमा एक विकेट समेत लिए । कोलकत्ताविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएका थिए । उक्त खेलपछि यतिबेला सन्दीपलाई विवादमा ल्याउने प्रयास गरिएको छ ।

सन्दीपले बलिङ गरेको एउटा भिडियो क्लीप भारतीयहरुले सामाजिक सञ्जालमा भाइरल बनाएका हुन् । भिडियोमा सुनिने एउटा संवादलाई लिएर दिल्ली क्यापिटलका आलोचकहरुले म्याच फिक्सिङको आरोप लगाएका छन् । आईपीएलका पूर्व प्रमुख ललित मोदीले भिडियो ट्विटरमा सेयर गर्दै उक्त म्याचमा फिक्सिङ भएको दाबी गरेका छन् ।

प्रि–मनसुनमा किन चल्छ हावाहुरी ?

मार्च, अप्रिल र मे। यी तीन महिनाको अवधि प्रि–मनसुनको हो। यो समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने समस्या पनि देखा पर्ने गर्छ ।प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने गर्छ। प्रि मनसुनमा हावा चल्नु सामान्य मानिए पनि आइतबार बेलुका पूर्वी नेपालको बारा, पर्सा लगायतका जिज्लामा ठूलो हावाहुरी चल्यो। तीव्र गतिको हावाहुरीका कारण, घर, गोठ, विजुलीका पोल, टेलिफोनका पोल, रुख, लगायत भौतिक संरचना भत्किदा २७ जनाको ज्यान गइसकेको गृहमन्त्रालयले जनाएको छ। ६ सयभन्दा बढी घाइते भएका छन्।

प्रदेश नं. २ मन्त्रिपरिषद निर्णय : मृतकका परिवारलाई ३ लाख दिइने

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

बारा र पर्सामा एकास्सी कसरी चल्यो डरलाग्दो हावाहुरी ?

प्रदेश २ मा रोकिएको एसईई परीक्षा चैत्र २२ गतेबाट सुरु हुने

मन्त्रीकै विदेश भ्रमण अस्वीकृत, खानेपानीमन्त्री मगर कोस्टारिका जान नपाउने

राहतमा कुनै कमी हुन नदिन सरकारलाई नेकपाको आग्रह

४ लाख ५० हजार पोर्न साइट बन्द, अब दर्ता गरेर चलाउन पाइने

खानेपानी मन्त्रालयले पठायो हावाहुरी क्षेत्रमा वाटर एम्बुलेन्स

घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

पूर्वप्रधानमन्त्री लोकेन्द्र चन्दको पछुवा भ्यानलाई कारवाही

मृतकका परिवारलाई १० लाख दिन नेकपाका विद्यार्थीको माग

धुर्मुस सुन्तली राहत सामग्री बोकेर पुगे बारा पर्सा, रातह उद्दारमा खटिए

हावाहुरीमा मृत्यु हुनेहरुको गृहले यसरी गर्याे पुष्टि (भिडियोमा)

यस्ती छिन् झरना थापाकी छोरी सुहाना (भिडियोमा)

भाइरल भीम बहादुरको पर्दा पछाडिका कहालीलाग्दोे पाटो(भिडियोमा)

३ सेकेण्ड बाटो छेक्दा किम जोङ ले कामबाट निकालिदिए

युक्रेनमा राष्ट्रपति चुनावः हास्यकलाकार जेलेन्स्की अगाडि

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo