वैदेशिक रोजगारबारे केही गुनासो छ ? गर्नुहोस ११४१ मा कल

वैदेशिक रोजगारबारे केही गुनासो छ ? गर्नुहोस ११४१ मा कल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त कल सेन्टरको मन्त्री गोकर्ण विष्टले उद्घाटन गरेका छन् ।

कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउने सकिनेछ । मन्त्रालयकाअनुसार वैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न सकिनेछ ।

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिनेछ । कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ ।

विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता अनलाइन नेटवर्कबाट सम्पर्क गर्न सकिनेछ । यस्तै शुल्क लागे +९७७१५९७००८ मा पनि फोन गर्न सकिने मन्त्रालयले जनाएको छ । फेसबुक मार्फत पनि गुनासो राख्न सकिनेछ । त्यसको लागि https://www.facebook.com/molcallcenter/ मा सम्पर्क गर्नुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo