पेरिस ओलम्पिक: फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिक: फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । स्पेनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । आयोजक फ्रान्सलाई पराजित गर्दै स्पेनले स्वर्ण जितेको हो ।

पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनसँग फ्रान्स ३–५ ले पराजित भएको हो । स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो दुईदुई तथा एलेक्सन बेनाले एक गोल गरेका थिए ।

फ्रान्सका एन्जो मिलोटले ११ औं मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि स्पेनले लगातार दुई गोल थप्यो । २५ औँ मिनेटमा लापेजले दोस्रो गोल गरे । त्यसको तीन मिनेटमै बेनाले अग्रता १–३ मा पुर्‍याएका थिए ।

अक्लिउचेलले ७९ औँ मिनेटमा गोल गर्दै खेल २–३ को स्थितिमा बनाएका थिए । इन्ज्युरी समयका माटेटाले पेनाल्टीमार्फत गोल गर्दा ३–३ को बराबरीमा खेल पुगेको थियो ।

खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । १०० र अतिरिक्त समयको पहिलो इन्ज्युरी समयमा क्यामेलोले गोल गर्दै स्पेनलाई ३–५ को जित दिलाए । क्यामेलोले पहिलो गोल एड्रियन बर्नाबे र दोस्रो अर्नाउ टेनासको पासमा गरेका थिए ।

Logo