मन्त्रीकै विदेश भ्रमण अस्वीकृत, खानेपानीमन्त्री मगर कोस्टारिका जान नपाउने

मन्त्रीकै विदेश भ्रमण अस्वीकृत, खानेपानीमन्त्री मगर कोस्टारिका जान नपाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन तयारीमा रहेकी मन्त्री मगरको भ्रमण मन्त्रिपरिषद् बैठकले अस्वकृति गरिदिएको हो ।

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो । उनीहरुको कोस्टारिका भ्रमण कार्यक्रम मन्त्री मगरले नै स्वीकृत गरेकी थिइन्।

मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति गर्छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मन्त्रीको कोस्टारिका भ्रमण रद्द भएको जानकारी दिए । मन्त्रीको विदेश भ्रमण कार्यक्रम किन रद्द भयो भन्नेबारेमा केही कुरा बाहिर सार्वजनिक गरिएको छैन् । तर स्रोतका अनुसार अनावश्यक विदेश भ्रमणबाट राज्यको करोडौंको व्ययभार बढेको समाचार आउन थालेपछि सरकारले विदेश भ्रमणमा कडाइ गरेको हो । सामान्यतया बहालवाला मन्त्रीको विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद्को बैठकले अस्वीकार गर्दैन।

Skip This
Skip This
Logo