स्पन्दन बिनोदका दुई कृति लोकार्पण

स्पन्दन बिनोदका दुई कृति लोकार्पण

केन्द्रबिन्दु
0
Shares

स्पन्दन बिनोदका दुई कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौ’ लोकार्पण भएको छ ।

अनेसास नेपाल च्याप्टरको आयोजनामा प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा भएको कार्यक्रममा बरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो। कार्यक्रममा स्रष्टाहरूले प्रवासमा रहेर पनि स्पन्दन बिनोदले साह्रै मेहेनत गरेर उत्कृष्ट बहर संग्रह र गैर बहर संग्रह निकाल्न सफल भएकोमा  स्वागत गरेका छन्।

कार्यक्रममा अन्तराष्टिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरका महासचिव सन्ध्या पाहाडीको अध्यक्षतामा बसेको थियो । कार्यक्रममा डा.घनश्याम परिश्रमी, प्रभाती किरण, बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा. जगत प्रसाद उपाध्याय र अनेसास का केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राखेका थिए ।

Skip This
Skip This
Logo