निर्मला हत्याका ९ महिना : पीडितलाई न न्याय, न शान्ति

निर्मला हत्याका ९ महिना : पीडितलाई न न्याय, न शान्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बित्यो । अनुसन्धान टोलीले ६० जना भन्दा बढीको डीएनए परीक्षण गरिसक्यो । यसबीचमा प्रहरीले धेरै पटक भनि पनि सक्यो— अपराधीको नजिकै पुग्यौं । तर पीडितले न्याय नपाएको देख्दा लाग्छ, अनुसन्धान ज्यूँका त्यूँ छ, शून्यमा ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोली अनुसन्धानमै छन् । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए परीक्षण गरिएका व्यक्तिसँग मेल खाएको छैन ।

साउन १० गते बेपत्ता निर्मलाको ११ गते उल्टाखाम नजिकै उखुबारीमा शव भेटिएको थियो । गृह मन्त्रालयले छानबिन समिति गठन ग¥यो । समितिले मुख्य अभियुक्तको पहिचानबिनै प्रतिवेदन बुझायो । प्रहरी प्रधान कार्यालयले एआईजी धीरु बस्न्यातको नेतृत्वमा अर्को छानबिन समिति पनि गठन ग¥यो । यो समितिले मुख्य अभियुक्त पक्राउ भन्दा पनि छानबिनमा खटिएका प्रहरीमाथि नै अनुसन्धान केन्द्रित ग¥यो । बस्न्यात नेतृत्वको टोलीकै सिफारिसमा एसपी विष्टसहित प्रहरी अधिकृतमाथि आन्तरिक कारबाही सिफारिस भयो ।

अहिले पनि सीआईबी र महाशाखाको टोली कञ्चनपुरमै छ । एक महिना अघि सीआईबीका एसपी सुदीप गिरीको कमान्डमा एउटा टोली कञ्चनपुरमा खटिएको थियो । टोलीले सुरुदेखि नै अनुसन्धान अघि बढायो । तर मुख्य अभियुक्त नजिक पुग्न सकेन । मुख्य अभियुक्तबारे केही संकेत पहिल्याए पनि अनुसन्धानमा तानिनु पर्ने ती व्यक्ति अहिले कञ्चनपुरमा नभएको एक अधिकृत बताउँछन् ।

छानबिनमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा, रोशनी बम र अनिता बम, नगरपालिकाका मेयरका भतिजा, दिलीपसिंह विष्ट, विशाल चौधरी, प्रदीप रावल लगायत ६० जना भन्दा बढीको डीएनए जाँच भयो । तर कसैसँग मेल खाएन । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले निर्मलाको डीएनए परीक्षणलाई ठीक हो भनेर अहिलेसम्म भन्न सकेको छैन । ठीक होइन भने यसको थप परीक्षणका लागि विदेश पठाउनेबारे कुनै प्रक्रिया अगाडि बढाइएको पनि छैन ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo