केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

ओखलढुंगाको जीप दुर्घटनादेखि मलेसियाको रोजगारीसम्म

ओखलढुंगाको जीप दुर्घटनादेखि मलेसियाको रोजगारीसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

खुल्यो मलेसियामा रोजगारी: कामदारले भोलिदेखि जान पाउने

१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी भोलि (सोमबार) देखि खुल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आएकाहरुलाई भोलीदेखि मलेसिया पठाउन लागेको हो । वैदेशिक रोजगार विभागले मलेसियाका रोजगारदाता कम्पनीबाट कलिङ भिसा प्राप्त नेपाली कामदारको अन्तिम श्रम स्वीकृति भोलि (सोमबार) बाट सुचारु गर्न पत्राचार गरेको छ । सोही अनुसार अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

“आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याउँ ख्याउँ !” (भिडियोसहित)

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पुर्व राजा ज्ञानेन्द्र शाहसंग तुलना नगर्न सचेत गराएका छन् ।रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसंग तलुना नगर्न आग्रह गरेका हुन् । सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिवद्धता पनि गरे ।

अमेरिकाको सहयोग नमिलेको भए मलाई जे पनि हुन सक्थ्योः प्रचण्ड (भिडियोमा)

पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई उल्टाउने मनसायका साथ षडयन्त्र भईरहेको बताएका छन् । रिपोर्टस क्लबको २१ आँै बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संंकल्पको अभियान विरुद्ध षडयन्त्र भएको दाबी गरे ।

सामन्तीतन्त्रलाई सहजै सामना गरेको प्रधानमन्त्रीको दाबी (भिडियोमा)

धानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताएका छन् । रिपोर्टस क्लबको २१ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने शक्तिलाई पराजित गराईएको बताएका हुन् ।

ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु, सबैको सनाखत

ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर तीनजना घाइते भएका छन् । मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीया नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा, ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा रहेका छन् ।

महिला टी-२०: कुन खेलाडीलाई कसले कतिमा किन्यो ? रेखाको टिमले खर्चियो सबैभन्दा धेरै

एनसीएल महिला टी–२० क्रिकेट लिगका लागि भएको अक्सन सकिएको छ । आइतबार भएको अक्सनमा चार टिमले १३–१३ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। यसअघि ४ खेलाडी मार्की खेलाडीको रुपमा भित्रिएका थिए। पहिलो श्रेणीका सबै खेलाडी तोकिएको सर्वाधिक रकम ७५-७५ हजार रुपैयाँमा आबद्ध भएका छन । दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार अधिकतम रुपैयाँ खर्च गर्न पाईने थियो । ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी थिए ।

पूर्वराजा ज्ञानेन्द्र इलाम जाँदै

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

थामियो शेयर बजार, यी हुन् कमाउने र गुमाउने कम्पनी

लगानी सम्मेलन : पन्ध्र परियोजनामा लगानीको घोषणा

विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते

बर्दियामा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

प्रधानमन्त्रीको दुई दिन: हाटबजार उद्घाटनदेखि वडा कमिटीको सपथसम्म

कुटेर श्रीमती मार्ने डाक्टरको बयान, ‘विवाहमा म बेहुला थिए…’

सञ्चारमन्त्रीको चेतावनी, ‘यो सरकार ज्ञानेन्द्र शाह जस्तो होईन’

नेपालकी ५ वर्षीया प्रिन्शाले जितिन्, ‘मिनी मोडल वर्ल्ड २०१९’ को उपाधी

बुबाले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १० घण्टा बन्द

लगानी सम्मेलन: तीन हजार मेगावाट क्षमताका आयोजनामा लगानी जुट्ने

राहुल गान्धीले दुई ठाउँबाट चुनाव लड्ने

प्रि-मनसुनमा मौसमको भर हुन्न

निकसँग डिर्भोस हुन लागेको भन्नेलाई प्रियंकाको यस्तो जवाफ

पोर्न भिडियो बनाउनेलाई २६० वर्षको जेल सजाय

शरिरलाई शक्ति दिने ५ खानेकुरा

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo