नीता र हरिहरकाे फिल्म ‘ह्रस्व–दीर्घ’ को पहिलो गीत ‘उठेर नाचिस्यो…’चर्चामा, पायाे १० लाख भ्युज

नीता र हरिहरकाे फिल्म ‘ह्रस्व–दीर्घ’ को पहिलो गीत ‘उठेर नाचिस्यो…’चर्चामा, पायाे १० लाख भ्युज

केन्द्रबिन्दु
240
Shares

अभिनेत्री नीता ढंगाना तथा अभिनेता हरिहर अधिकारीको नयाँ फिल्म ‘ह्रस्व–दीर्घ’ को पहिलो गीत ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो…’ यतिबेला चर्चामा छ । सार्वजनिक भएको दुई दिनमै गीतले १० लाख भ्युज पाइसकेको छ ।

दुर्गेश थापाको शब्द, संगीत रहेको यस गीतमा गायिका सदीक्षा कट्टेल र दुर्गेश स्वयंको स्वर रहेको छ । नयाँ शैलीको यो गीतले छोटो समयमा नै दर्शकबाट अपार माया पाएको छ । भिडियोमा नीता र हरिहरले आफूलाई राधा र कृष्णको रुपमा प्रस्तुत गर्न खोजेका छन् ।

गीतको भिडियोलाई उत्कृष्ट सेटमा छायांकन गरिएको छ । गीतको सेटअप भव्य छ । वलिउड कोरियोग्राफर सुष्मा सोनमले नृत्य निर्देशन गरेको गीत ‘हाइ मेकिङ’मा तयार पारिएको भान भिडियोले दिन्छ । वलिउड स्टार रणविर सिंहदेखि वरुण धवन र साउथ स्टार यसलाई निर्देशन गरिसकेकी सुष्माले भिडियोमा नीतालाई आकर्षक रूपमा चित्रण गरेकी छन् । वलिउड छायांकार कबिरलालले खिचेको उक्त गीतमा सम्पादन मित्र डि गुरुङको छ ।

नेपाली तथा भारतीय फिल्मका कलाकारहरूको फ्यूजनले निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ अब प्रदर्शनको लागि तयार छ । संविधान दिवसको अबसर पारेर आगामी असोज ३ गतेबाट दर्शकमाझ आउन लागेको फिल्मको निर्माण कम्पनि नीता फिल्मस् अब प्रचार प्रसारमा जुटेको छ ।

Skip This
Skip This
Logo