सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पुर्व राजा ज्ञानेन्द्र शाहसंग तुलना नगर्न सचेत गराएका छन् ।
रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसंग तलुना नगर्न आग्रह गरेका हुन् । सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिवद्धता पनि गरे ।
उनले भने,“ प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ । स्वतन्त्रता अपहरित हुदैन । केही पनि हुदैन । ज्ञानेन्द्रसंग तुलना नगर्नु होला । ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाईरहेको पार्टीको पृष्टभूमि , निष्ठा, लक्ष, उद्देश्य , लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्ति पुर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि विल्कुल भिन्न पृष्ठभूमि हो । कसैले जनताको अधिकार खोस्यो । कसैले जनताको अधिकारका निम्ति संगसंगै लडेर आएको छ । ७ साल देखि नै लडेर आएको छ । सधै यो कुरा किन उठाउनुहुन्छ । मलाई अच्चम लाग्छ । ”
उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे । उनले भने,“प्रतिष्ठित पत्रकारहरु वास्तविक पत्रकारहरु अहिले लज्जित हँुदैछन् । रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के के सम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले ? के लेखियो भनेर ? आफ्नो धोति फुस्केको थाहा छैन । सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ । ”
नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति पनि उनले आक्रोश पोखे ।
उनले भने,“कसले फेसबुकमा प्रतिबन्ध लगाउने भन्या छ ? कस्ले टुईटरमा लगाउने भन्या छ ? पैसा चाहि तिर्नु पर्छ कि पर्दैन यहाबाट पैसा लगेपछि ? ट्याक्स चाही तिर्नुपर्छ कि पर्दैन ? हाम्ले सम्वृद्ध राष्ट बनाउने भन्या छौ । विज्ञापनको बजार विस्तार हुनु पर्छ कि पर्दैन ?”
उनले आगामी बर्षमा समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागु हुने उद्घोष गरे । उनले यसै बर्ष ल्याउने तयारी भईरहेको मिडियाको पनि छाता ऐनले पनि संञ्चार क्षेत्रलाई थप व्यवस्थित पार्ने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया