प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताएका छन् ।
रिपोर्टस क्लबको २१ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने शक्तिलाई पराजित गराईएको बताएका हुन् ।
ती शक्ति पराजित भएपछि अब मुलुक पृथकतावाद नभएको टुक्राउन पर्छ भन्ने माग नभएको सबल र सुदृढ अवस्थामा पुगेको दाबी गरे । उनले भने,“जात, भुगोल भाषा अनेक नाममा लडाउन खोज्ने प्रयासलाई हामीले पराजित गरेका छौ । ”
उनले संविधान कार्यान्वयका लागि आवश्यक कानुन र संरचना निर्माण गरि कार्यान्यनको आधार तयार भईसकेकाले अब सम्पुर्ण शक्ति सम्मुन्नत विकास र सम्मृद्धिमा केन्द्रीत गरिने बताए ।
राष्ट्रनिर्माणको महाअभियानमा सबैको योगदान सकारात्मक हुनु जरुरी रहेको भन्दै उनले अनुचित विरोधले भ्रम र अन्यौल श्रृजना गर्ने तर्फ होसियार हुनुपर्ने आवश्यकता औँल्याए ।
पुर्वाधार लगायतको सम्पुर्ण विकास गरि मुलुकलाई सामाजिक न्याय सहितको सुरक्षायुक्त सभ्य नेपाल बनाउने अभियानमा सरकार अघि बढेको उनले स्पष्ट पारे ।
उनले यस अभियानमा संचारमाध्यमको अत्यन्तै सकारात्मक र महत्वपुर्ण योगदान हुनुपर्ने आवश्यकता औँल्याएका छन् । संचारमाध्यम र खासगरी सामाजिक सञ्जालमा रहने वर्गलाई आफ्ने सभ्यताको गौरवलाई नभुल्न र मर्यादित बन्न पनि उनले सचेत गराए ।
उनले लोकतन्त्र प्राप्ती र रक्षामा संञ्चारमाध्यमको असाधारण भुमिका, सजगता र क्रियाशिल रहेको तथा लोकतन्त्रलाई सुदृढ गर्ने सवालमा पनि जिम्मेवार बनेको भन्दै सञ्चार क्षेत्रको प्रसंस गरे ।































प्रतिक्रिया