जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । वनबाट ल्याएको जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । विरामी पर्नेमा जिल्लाको रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार रहेको छ । ६५ वर्षको टोमबहादुरसहित उनकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षकी सिर्जना काउछा र छोरी ३९ वर्षकी गीता थापा विरामी परेका हुन् ।

रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राति बिरामी परेका हुन् ।

Skip This
Skip This
Logo