एजेन्सी । बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति अमेरिकी पप गायक निक जोनबीच विवाद सुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विवाह भएको ४ महिनामै दुवैबीच मुनमुटाव सुरु भएको हो ।
उनीहरुले गत डिसेम्बरमा विवाह गरेका थिए । लगभग ११ वर्षकी जेठी प्रियंकाले २५ वर्षीय निकसँग विवाह गरेका थिए । दुईको बीचमा टकराव भएको हल्ला चल्न थालेको हो ।
एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ । र दुवैले छुट्टिने निर्णय लिने सोच समेत बनाएका छन् । उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ ।
ओके म्यागाजिनले अप्रिल अंकको आफ्नो कभर स्टोरी बनाउँदै दुई सेलिब्रेटी डिभोर्सको प्रक्रियामा रहेको खुलासा गरेको हो । म्यागाजिनले रिपोर्टमा भनेको छ, ‘उनीहरू हरेक कुरामा पनि झगडा गर्न थालेका छन् । खासगरी काम, पार्टी जाने सवाल र एकसाथ समय बिताउने कुरामा झगडा हुन थालेको छ । उनीहरूको वैवाहिक सम्बन्ध केवल अडिएको मात्रै छ ।’
भारतीय सञ्चारमाध्यम पञ्जाव केशरीले लेखेको समाचारमा निकले विवाहअघि प्रियंका समझदार युवती भएको महसुस गरेपनि विवाहपछि उनको व्यवहार ‘कन्ट्रोलिङ’ भएको आरोप लगाएको उल्लेख गरिएको छ ।
यद्यपि, प्रियंका निकट साथीभाईले यो समाचार हल्ला मात्रै भएको उल्लेख गरेका छन् । उनीहरु सुखी जीन्दगी विताइरहेको उनीहरुको दाबी छ । उनीहरु यतिबेला जोनस परिवारसँग मियामीमा छन् ।
प्रियंका–जोनासको विवाहमा झन्डै २० लाख डलर खर्च भएको थियो । यति बेला डिभोर्सको अवस्थासम्म आउनुमा रकमको कुरा पनि उठेको बताइएको छ । दुईका सामाजिक सञ्जालमा आउने फरकफरक शैलीका फोटाहरूले शंका गर्नेका लागि बल पुर्याइरहेको थियो । तर गत साता मात्रै सप्ताहन्त मनाउन मियामी पुगेको यो जोडीका प्रेमिल फोटोले इन्टरनेट तताएको थियो ।































प्रतिक्रिया