पूर्वराजा ज्ञानेन्द्र शाह आज इलाम जाँदै छन् । पूर्वी नेपालको भ्रमणमा रहेका पूर्वराजा शाह केही समययता दमकमा बस्दै आएका छन् ।
शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने कार्यतालिका रहेको छ । त्यसपछि भ्रमणका क्रममा शाह इलामबाट चैत १८ पाँचथरको फिथिम जानेछन् ।
त्यसैगरी, १९ गते बिहानीपख फिदिम गढीमाइको दर्शन गर्ने र त्यहाँबाट इलाम फर्किएर २० गते इलाम नै बस्ने त्यसपछि २१ गते बिहान इलामको माइ मन्दिरको दर्शन गरेर दमक फर्किने कार्यक्रम तय भएको छ । उनले मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको बताइएको छ ।
यसअघि ज्ञानेन्द्रले फागुन २९ देखि चैत ३ गतेसम्म मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।































प्रतिक्रिया