असार मसान्तसम्म कर्मचारीको पदस्थापना : मन्त्री पण्डित

असार मसान्तसम्म कर्मचारीको पदस्थापना : मन्त्री पण्डित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएका कर्मचारीलाई असार मसान्तसम्म पदस्थापना गरिने बताउनु भएको छ ।

शनिबार ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उहाँले समायोजन रोजेका कर्मचारीको पदस्थापना गर्ने कार्य भइरहेको भन्दै असारसम्म सबै कर्मचारीको पदस्थापना गरिने जानकारी गराउनुभयो । “ कानूनीरुपमा समायोजन सकिएको २१ दिनभित्र पदस्थापना गर्ने व्यवस्था रहेको छ ”, उहाँले भन्नुभयो, “अहिले विकास निर्माणको काम भइरहेको छ । त्यसैले कामलाई बाधा नपुग्ने गरी असार मसान्तभित्रमा पदस्थापना गर्दछौँ ।”

उहाँले समायोजन सकिएकाले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्न लोकसेवा आयोगलाई निर्देशनसमेत दिइसकेको जानकारी गराउनुभयो ।

उहाँले अपुग कर्मचारीको भर्ना गरी अब मुलुकमा मानवीय स्रोत साधनको कमी हुन नदिनेसमेत बताउनुभयो । “अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा गर्ने उद्देश्यका साथ द्रुतमार्गबाट भर्ना गर्न आयोगलाई भनेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ कर्मचारीको पदस्थापना पहिलो प्राथमिकता स्थानीय तह र प्रदेशमा रहन्छ ।”

रासस

 

 

Skip This
Skip This
Logo