हाम्रो माया घर निर्माणमा जनसहयोगी युवा सञ्जालद्वारा आर्थिक सहयोग

हाम्रो माया घर निर्माणमा जनसहयोगी युवा सञ्जालद्वारा आर्थिक सहयोग

केन्द्रबिन्दु
318
Shares

काठमाडौँ । हाम्रो माया घर निर्माणका लागि जनसहयोगी युवा सञ्जाल बर्दिबासले आर्थिक सहयोग गरेको छ । समाजसेवा क्षेत्रमा लामो समयदेखि काम गरिरहेको सञ्जालले बर्दिबासमा बन्न लागेको मानव सेवा आश्रमको भवन निर्माणका लागि १५,१५५ रुपैयाँ आर्थिक सहयोग गरेको सञ्जालका अध्यक्ष परमेश्वर महतोले जानकारी दिए ।

हाम्रो माया घरको भवन निर्माणका लागि साउन २१ गतेदेखि २९ गतेसम्म बर्दिबासमा शिवपुराण महायज्ञको आयोजना गरी आर्थिक संकलन भएको छ ।

सडक मानव र अनाथहरूको सहाराका लागि बर्दिबासका युवाहरूले हाम्रो माया घर निर्माण गर्ने योजना बनाएर कार्य अगाडि बढाएका छन् । बर्दिबास वडा नं. २ स्थित जग्गाको व्यवस्थापन भइसकेपछि घर निर्माणका लागि तिनै तहका सरकारदेखि लिएर स्थानीय, व्यापारी र समाजसेवीलगायत विभिन्न संघसंस्थाहरू मार्फत रकम संकलन गरी भवन बनाउने योजना रहेको छ ।

Skip This
Skip This
Logo