सुनिता दुलालको तीज गीत ‘नबोल अरु सँग’ सार्वजनिक

सुनिता दुलालको तीज गीत ‘नबोल अरु सँग’ सार्वजनिक

केन्द्रबिन्दु
39
Shares

‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग’ सार्वजनिक गरेकी छन् । यसमा उनलाई चर्चित लोकगायक खेम सेञ्चुरीले साथ दिएका छन् ।

‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय छ । नेत्र अर्यालको शब्द रहेको गीतलाई खेम सेञ्चुरीले संगीतबद्ध गरेका हुन् । गायिका दुलालले यसपटकको गीत आजसम्मकै उष्कृष्ट रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन् । नाचगानमा रमाउने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको यो गीत देशविदेशका सबैलाई मनपर्ने उनले बताइन् ।

दुलालका पियारी, ‘यो रमाईलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पुर्याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन् । तीज आउन केही हप्ता बाँकी रहेपनि यतिबेला सामाजिक संजाल तीजमय बनेको छ । तीजलाई नै लक्षित गरी दर्जनौं गीतसंगीत र म्यूजिक भिडियो सार्वजनिक भएका छन् ।

Logo