नौ वटा दूतावास अगाडि मानव अधिकारकर्मीको प्रदर्शन

नौ वटा दूतावास अगाडि मानव अधिकारकर्मीको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले नेपाल स्थित नौ वटा दूतावास अगाडि एकैसाथ धर्ना प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं र ललितपुरमा रहेका नौ वटा दुतावास अगाडि आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै धर्ना प्रदर्शन भएको हो ।

मानव अधिकारकर्मीहरुले ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पारेर काठमाडौंस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुर स्थित उत्तर कोरियाली दुतावास अगाडि एकसाथ प्रदर्शन गरेका हुन् । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य एवं पूर्व महासचिव कृष्ण कँडेलले जीवजन्तु र मानिसलाई हानी हुने कुनै पनि आणविक अस्त्र राख्न पाईंदैन भन्दै प्रदर्शन गरिएको बताए । युद्धले विनास बाहेक केही पनि नगर्ने भएकाले विश्व शान्तिका लागि प्रदर्शन गरिएको उनले बताए।

धर्नामा ‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु’ र ‘विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो’, ‘सबै आणविक अस्त्र नष्ट गर’, ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर’, ‘आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन’, ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कसले बचाउँने’, ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन’ लगायत लेखिएका बयानर लिएर प्रदर्शन गरिएको थियो । यस्तै ‘युद्ध निषेधः शान्ति विशेष’, ‘युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ’, ‘युद्ध रोक शान्तिलाई बढावा देउ’ लेखिएका प्लेकार्डहरु लिएर मानव अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।

Skip This
Skip This
Logo