काठमाडौँ
धादिङमा चरेश कारखाना भेटिएको छ । प्रहरीले गजुरी गाउँपालिकाको पेटारमा छापा हानी ठूलो मात्रामा चरेश र गाँजाको धुलो बरामद गरेपछि सो कारखाना पत्ता लागेको हो ।
प्रहरीले घरमा लुकाएर राखेको अवस्था एक सय १० केजी चरेश, ६ सय ४३ केजी गाँजा र ५ सय ३२ केजी गाँजाको धुलो बरामद गरेको हो । सुकमान तामाङको घरबाट सो लागूऔषध बरामद भएको हो । सुकमान भागेको र उनको श्रीमती सुकुमायालाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरो (एनसिबी) ले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त चरेस अन्यत्र निकासी हुने गरेको खुल्न आएको छ । सुकुमाया तामाङ्ग र उनका श्रीमान तिर्थ भन्ने सुकमान तामाङ्ग समेत मिलेर चरेसको कारोबार गर्ने गरेकोमा उक्त समयमा तिर्थ भन्न सुकमान तामाङ्ग फेला नपरेको बताइएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया