काठमाडौँ । डोटीमा आज बिहान बस दुर्घटना भएको छ । धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस समुहागाडमा बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । बस दुर्घटनामा १७ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।































प्रतिक्रिया