काठमाडौं । पराष्ट्रमन्त्री डा आरजु राणाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने भएकी छन् । नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो ।
परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणसम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को यही साउन ३१ गतको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसैगरी मन्त्रिपरिषद्ले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको ९औँ वार्षिक बैठकमा सहभागी हुन पनि स्वीकृति प्रदान गरेको छ । सो बैठक आगामी असोज ९ र १० गते आयोजना गरिएको छ ।































प्रतिक्रिया