बर्दिबास मेडिकल कलेजको डीपीआर स्वीकृत गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह

बर्दिबास मेडिकल कलेजको डीपीआर स्वीकृत गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह

केन्द्रबिन्दु
156
Shares

काठमाडौं । बर्दिबास मेडिकल कलेज निर्माणको लागि डीपीआर स्वीकृत गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरिएको छ ।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीकाे नेतृत्वमा गएकाे महोत्तरी निर्वाचन क्षेत्र नं १ को नागरिकहरुकााे टाेलीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उक्त आग्रह पनि गरेका हुन् । सो क्रममा पूँजीगततर्फ जम्मा १० लाख मात्र बजेट विनियोजन भएकोले निर्माण कार्य सुरु गर्ने बजेट नभएको हुँदा कम्तिमा प्रशासनिक भवन निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन पनि आग्रह गरेको छ ।

‘बर्दिबास मेडिकल कलेज निर्माणको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि २०७८ कार्तिकमा पेश गरिएको ५४.५८४ जग्गा भित्र डी. पी. आर. स्वीकृत गरि दिनुहुन, हाल सम्म जग्गाको सम्झौता नभएकोले वन तथा भू-संरक्षण विभागवाट जग्गा सम्झौता कार्य गरि दिनुहुन र चालु आ.व. ०८१/०८२ मा पूँजिगत तर्फ जम्मा १० लाख मात्र बजेट विनियोजन भएकोले निर्माण कार्य सुरु गर्ने बजेट नभएको हुँदा कम्तिमा प्रशासनिक भवन निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गर्नको लागि आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ कोइरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo