टि–२० बरियतामा सन्दीप एक स्थान माथि

टि–२० बरियतामा सन्दीप एक स्थान माथि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियता अनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा पुगेका हुन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१ औँ स्थानमा थिए ।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन् । नयाँ बरियातामा ब्रेथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५ औँ स्थानमा रहेका छन् ।

लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ ।

Skip This
Skip This
Logo