स्वदेश फर्किदैं प्रचण्डले भने, ‘उपचार र राजनीतिक भेटघाट दुवै राम्रो रह्यो’

स्वदेश फर्किदैं प्रचण्डले भने, ‘उपचार र राजनीतिक भेटघाट दुवै राम्रो रह्यो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश पुगेका छन् । उनी आज साँझ ५ः१५ बजे काठमाडौं पुगेका हुन् ।

काठमाडौं पुगे लगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पत्नी सीताको उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेको प्रतिक्रिया दिए । रोग पुरानै तर उपचार पद्धति नयाँ रहेको उनको भनाई छ । प्रचण्डले पत्नी सीताका लागि केही नयाँ औषधिसमेत ल्याएको बताए ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड १० दिनअघि अमेरिका गएका थिए । अमेरिका रहँदा प्रचण्डले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका थिए ।

मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए ।

अध्यक्ष प्रचण्डले नेपाली समुदायको सरोकारका विषयका साथै संसदका प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए । यस्तै, अघिल्लो हप्ताको सोमबार प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए ।

Skip This
Skip This
Logo