काठमाडौं । भारतीय विदेश सचिव विजय केशव गोखले आज नेपाल आउँदैछन् । २ दिने भ्रमणका लागि गोखले नेपाल आउन लागेका हुन् । यही चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा गोखले नेपाल आउन लागेका हुन् ।
नेपाल बसाइको क्रममा गोखलेले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट«मन्त्री प्रदीप ज्ञवाली विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । गोखलेले भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय हितबारे नेपाली अधिकारीहरुसँग छलफल गर्ने छन् ।































प्रतिक्रिया