रञ्जु दर्शनाले मेरो चरित्र हत्या गरिनः खानेपानीमन्त्री मगर

रञ्जु दर्शनाले मेरो चरित्र हत्या गरिनः खानेपानीमन्त्री मगर

केन्द्रबिन्दु
0
Shares

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनालाईजोडेर चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन् । विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले मेलम्ची खानेपानीमा चरम अनियमितता भएको भन्दै छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकी थिईन् ।

उजुरीपछि खानेपानी मन्त्री मगरले एक विज्ञप्ती जारी गर्दै आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको बताएकी छन् ।

आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति समेत दुःख व्यक्त गरिन् । आफुले कुनै पनि गल्ती गरेको भेटिए जुनसुकै प्रकारको सजाय भोग्न तयार रहेको तर अनियमितता गरेको प्रमाणित नभए चरित्र हत्या गरेको जिम्मेवारी रञ्जु दर्शनाले लिनुपर्ने बताईन् ।

Skip This
Skip This
Logo