काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउन सरकारलाई सुझाव दिएका छन् । संस्कृतिविद् जोशीले देशलाई बनाउन कुरा भन्दा कामै गरेर देखाउनुपर्ने स्पष्ट पारे ।
‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने अभियानलाई प्रधानमन्त्री केपी ओलीले कसरी सफल गराउँछन ? आफूले नियाली रहेको पनि बताए । बुधबार काठमाडौंमा साहित्यकार पुष्पलता आचार्यद्धारा लिखित पुस्तक ‘किताव यात्रा’ को बिमोचन गर्दै उनले मन्त्रीहरुले सपथ गरे अनुसार काम गरेको भए मुलुक धेरै पहिले नै समृद्ध भईसकेको हुने दाबी गरे ।
संस्कृतिविद् जोशीले सबै नेपाली विदेशिने क्रमले तीव्रता पाएकाले मुलुकमा फेरि ‘हलो क्रान्ति’ गर्ने बेला आएको पनि स्मरण गराए । देशलाई समृद्ध बनाउने ‘मिसन’ हरेक नागरिकले लिनुपर्ने संस्कृतिविद् जोशीको भनाई छ ।































प्रतिक्रिया