सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्युत् अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको टेलिकमले जनाएको हो ।

‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका(५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरू बन्द भएकोमा नेपाल टेलिकमले उक्त बिटीएस टावरहरू सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ ’टेलिकमद्वारा जारी सूचनामा उल्लेख छ ।

Skip This
Skip This
Logo