हवाई आक्रमणमा १० जना बालबालिका सहित १३ को मृत्यु

हवाई आक्रमणमा १० जना बालबालिका सहित १३ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काबुल
अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शुक्रबार रातिदेखि शनिबार बिहान सम्म हवाई आक्रमण भएको थियो । “प्रारम्भिक विवरण अनुसार मारिएका मध्ये दश जना बालबालिका रहेका छन्,” अफगानिस्तानस्थित राष्ट्रसंघीय मिसनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानी फौजको मद्दतका लागि अन्तर्राष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरुले बताएका छन् । नेटोका एक जना प्रवक्ताले आक्रमणका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
रासस

Skip This
Skip This
Logo